नयाँ सडक क्षेत्रको स्वरूप फेरियो, विद्युतीय पोल र तार हटाइयो ।

काठमाडौंको नयाँ सडक क्षेत्र अब झन्झटिला तार र विद्युतीय पोलहरू हटाएपछि सफा र व्यवस्थित देखिन्छ।

धेरै समयदेखिको प्रयासपछि काठमाडौं महानगरपालिका, वडा नं. २४ विशेषगरी शुक्रपथ क्षेत्र ताररहित र पोलरहित बनेको छ।

पहिले उक्त क्षेत्रमा सडक साघुरो बनाएर फुटपाथ चौडा गरिएको थियो।

तर, फुटपाथको बीचमा रहेका विद्युतीय पोलहरू समस्या भइरहेका थिए। ती पोलहरू र इन्टरनेट तार हटाएर भूमिगत व्यवस्था गरिएपछि नयाँ सडक क्षेत्र थप सफा देखिएको छ।

यस परिवर्तनले पैदलयात्रुलाई हिँडडुल गर्न सहज बनाएको छ।