ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल ३,७९४ मिटर उचाइमा रहेको पाथीभरामा यस वर्षको पहिलो पटक हिमपात भएको हो।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार मंगलबार मध्यरातदेखि सामान्य हिमपात भएको हो।

उनका अनुसार पाथीभरा क्षेत्रको परिधिभन्दा केही तलसम्म हिमपात भएको छ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार यसअघि अक्टोबरमा नै हिमपात हुने गरेको भए पनि यस वर्ष पहिलो हिमपात नोभेम्बरको अन्तिमतिर बुधबार मध्यरातमा भएको हो।

हाङबाङले पाथीभरा दर्शन गर्न जाने भक्तजनलाई चिसो मौसममा स्वास्थ्यप्रति ध्यान दिन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।