विराटनगरका सामाजिक अगुवा विद्वान जनहरू सक्रिय भएर २०५५ सालमा पं खगेश्वर न्यौपानेकाे अध्यक्षतामा गठित समितिबाट   स्थापित भै संचालित भएको पाणिनि संस्कृत विद्यालय सनातन धर्म सम्यतामा आस्थावान दाताहरूको सह‌योग‌मा संचालित त भैरहेको छ।   

आफ्नो स्थायित्वका लागि  विद्यालयबाट अक्षयकोष वृद्धि योजना बनाएकाले सो कोष वृद्धिमा समाजिक विशिष्ट व्यक्तित्वहरूबाट सहयोग भै रहेको छ । यसै सन्दर्भमा खाेटाङ वडका दियाले निवासी हाल काठमाडौ मूलपानी निवासी नारायणप्रसाद ओझाका छाेरा वुहारी विशाल ओझा सुषमा ओझाले रू ४ ,५२,३६०/- आफ्ना पूर्वजहरूकाे श्रद्धा स्मृतिका लागि अक्षयकोषमा प्रदान गर्नु भएको छ । 

नारायणप्रसाद ओझा आजीवन यस विद्यालयकाे सल्लाहकार हुनुहुन्थ्यो ।

विराटनगर वडा न ५ मा अवस्थित याे विद्यालयबाट शास्त्रीय विधि अनुसार कर्मकाण्ड गर्ने  याेग्यता भएका वटुकलाई आवास भाेजन समेतको व्यवस्थापनमा अध्यापन गराउने गरिएको छ ।