नोभेम्बर २४ (मंसिर ९) देखि धरहरा चढ्नका लागि शुल्क लाग्ने भएको छ। यसअघि निःशुल्क खुला गरिएको धरहरामा अब नेपाली नागरिकले प्रति व्यक्ति रु २०० तिर्नुपर्नेछ।

सार्क र गैर-सार्क पर्यटकका लागि शुल्क:

सार्क देशका पर्यटक: रु ५००।

गैर-सार्क देशका पर्यटक: रु १,०००।

नेपाली नागरिकका लागि छुट:
विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, र अपाङ्गता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुट उपलब्ध हुने छ।

पार्किङ शुल्क:

चारपांग्रे सवारी: प्रति घण्टा रु २०।

दुईपांग्रे सवारी: प्रति घण्टा रु १०।

विज्ञापन र सुटिङ शुल्क:

राष्ट्रिय महत्वका विज्ञापन (गैर-व्यावसायिक): प्रति घण्टा रु ५,०००।

व्यावसायिक भिडियो सुटिङ: प्रति घण्टा रु ५,०००।

फोटोग्राफी: प्रति घण्टा रु १,०००।

मन्त्रिपरिषद्को निर्णयअनुसार यो शुल्क संरचना लागू गरिने छ।