पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक शक्तिहरू पुराना दलहरूको कमजोरीको परिणामका रूपमा देखा परेको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमा उनले जनताको जनादेशबाट आएका नयाँ अनुहार र दलहरूलाई लोकतान्त्रिक विकासको अंशका रूपमा स्वीकार्नुपर्नेमा जोड दिएका छन्।

उनले भने, “मैले जनताको मतबाट आएका नयाँ अनुहारलाई लोकतन्त्रको बगैंचामा फुलेका सुन्दर फूलका रूपमा व्याख्या गर्दै आएको छु।”

पुराना शक्तिहरूको परिवर्तन उनीहरूको आफ्नै कमजोरीलाई स्वीकार गरेर मात्र सम्भव हुने प्रचण्डको भनाइ छ।

“यस्ता नयाँ शक्तिहरूलाई निन्दा गरेर होइन, लोकतान्त्रिक प्रक्रियालाई अपनाएर मात्र अगाडि बढ्न सकिन्छ,” उनले थपे।

उनको निष्कर्ष छ, “जनताले सही र गलत निर्धारण गर्छन्, शासकको शक्ति होइन। यही सोचले मात्र हामीले लडेको लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन सकिन्छ।”