नौबिसे-मुग्लिन सडक खण्ड एक हप्ताका लागि बन्द
![](https://biratpati.com/wp-content/uploads/2024/12/Screenshot_2024-12-20-13-46-14-94_96b26121e545231a3c569311a54cda96-1024x569.jpg)
नौबिसे-मुग्लिन खण्डको पृथ्वी राजमार्ग आगामी आईतवार देखि आंशिक रूपमा एक हप्तासम्म बन्द हुने भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत पर्ने पोखरेभीर र बिशालटारको घुम्ती क्षेत्र कटान र सुधार गर्नुपर्ने भएकाले डिसेम्बर २२ देखि २८ सम्म दैनिक तीन घण्टा सडक बन्द गरिनेछ।
नागढुंगा-मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका डिभिजनल इन्जिनियर विजय राईका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन रोक्दै काम गरिनेछ।
उनका अनुसार, नौबिसेबाट गजुरीतर्फ जाने ठूला सवारीलाई गल्छी-बैरेनीमा र साना सवारीलाई जारेखेतमा रोकिनेछ भने चितवनबाट नौबिसेतर्फ आउने ठूला सवारीलाई चलिसेमा र साना सवारीलाई घाटबेसीमा रोकिनेछ।
त्यस्तै, मुग्लिनबाट मलेखुतर्फ जाने ठूला सवारीलाई माझीमटारमा र साना सवारीलाई चरौदी बजारमा रोकिनेछ भने मलेखुबाट मुग्लिनतर्फ आउने ठूला सवारीलाई बेनीघाट बजारमा र साना सवारीलाई बिशालटारमा रोकिने जानकारी उनले दिए।
तर, आपतकालीन सवारी, एम्बुलेन्स र सुरक्षा निकायका सवारीलाई यस अवधिमा आवागमन गर्न अनुमति दिइनेछ।