आज देशभर मौसम बदली भएको छ। काठमाडौं उपत्यकामा पनि आकाश बादलले ढाकिएको छ।

पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण मौसम बदली भएको हो।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो केही स्थानमा मध्यम खालको वर्षा हुन सक्छ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली हुने छ।

उहाँका अनुसार हिजो बेलुका पश्चिम नेपालबाट सुरु भएको बदली आज अधिकांश क्षेत्रमा फैलिएको हो।

महाशाखाले आज बिहान जारी गरेको बुलेटिन अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपात भइरहेको छ।