विश्व क्यान्सर दिवसमा लियोले सचेतना कार्यक्रम
२०८१ माघ ४, शुक्रबार ०९:४०
लियो जिल्ला परिषद ३२५ सीले विश्व क्यान्सर दिवसको अवसरमा माघ २२ गते (फेब्रुअरी ४) विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ। नोबेल मेडिकल कलेजबाट सहिद मैदानसम्म ७ किमी दौड, पिस मार्च र्याली, स्लो साइकल रेस, दीप प्रज्वलन, र साता व्यापी क्यान्सर सचेतना अभियान कार्यक्रम गर्ने भएको छ ।
उक्त दौड प्रतियोगितामा प्रथम, दितीय र तृतीय स्थान हात पार्नेलाई क्रमशः नगद रु ३०,०००, रु २०,००० र रु ११,००० पुरस्कार प्रदान गरिनेछ।
साे कार्यक्रममा २,००० भन्दा बढी युवाको सहभागिता अपेक्षित छ। मुख्य प्रायोजक नोबेल मेडिकल कलेज रहेको यस कार्यक्रमले क्यान्सर विरुद्ध जागरुकता फैलाउने उद्देश्य राखेको छ भनेर लियो सन्तोष वास्ताेलाले जानकारी गराए ।





