विराटनगर –५  स्थित पाणिनि संस्कृत  विद्यालयमा अध्ययनरत छात्रहरूलाई न्यानो कपडा तथा मिठाइँ  वितरण गरिएको छ। 

गुरूकुलिय शिक्षा लिदै सनातनी सभ्यता संरक्षणमा क्रियाशील  २५ जना छात्रहरूलाई आईतवार  नेपाल भारत मैत्री संघ विराटनगरले भारत गणतन्त्र दिवसको ६७ओै अवसरमा न्यानो कपडा तथा मिठाइँ उपलब्ध गराएको हाे

विराटनगरका सामाजिक अगुवा विद्वान जनहरू सक्रिय भएर २०५५ सालमा पं खगेश्वर न्यौपानेकाे अध्यक्षतामा गठित समितिबाट  स्थापित भै संचालित भएको पाणिनि संस्कृत विद्यालय सनातन धर्म सम्यतामा आस्थावान दाताहरूको सह‌योग‌मा संचालित  भैरहेको छ।   

साे अवसरमा संघका अध्यक्ष सुरेशकुमार शर्माले हाम्रा धर्म ,संस्कृति र सभ्यताकाे प्रवर्द्धनमा याे विद्यालयले समाजलाई टेवा दिई रहेको छ साथै नेपाल भारत विच मित्रवत व्यवहार चलिरहेको छ भनेर वताए ।

उक्त कार्यक्रममा समाजसेवी ईन्दिरा रिजाल ,वडा अध्यक्ष सन्ताेष न्याैपाने ,प्रा लालानाथ सुवेदी ,यसै विद्यालयका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति प्रा कविराज न्याैपानेले यस विद्यालयले शिक्षाको उज्यालोवाट समाजलाई उत्तम मार्गमा हिड्न प्रेरित गरिरहनेछ भनी दाता प्रति विद्यालय परिवारकाे तर्फबाट विशेष धन्यवाद दिनुभयो ।

 याे विद्यालयबाट शास्त्रीय विधि अनुसार कर्मकाण्ड गर्ने  याेग्यता भएका वटुकलाई आवास भाेजन समेतको व्यवस्थापनमा अध्यापन गराउने गरिएको भनी विद्यालय संचालक समिति सह सचिव श्याम न्याैपाने जानकारी दिए ।