सुनको भाउ उकालो, तोलामा २,२०० रुपैयाँले वृद्धि
२०८१ माघ २३, बुधबार १५:३८
नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। २४ क्यारेट सुनको भाउ तोलामा २,२०० रुपैयाँ बढेर १,६६,९०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार मात्रै सुनको मूल्य १,९०० रुपैयाँले बढेर १,६४,७०० रुपैयाँ पुगेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। तोलामा ४५ रुपैयाँ बढेर १,९७५ रुपैयाँ पुगेको छ, जुन मंगलबारको १,९३० रुपैयाँ प्रति तोला भन्दा बढी हो।




