जनकपुर साहित्य महोत्सवले संस्कृति संरक्षण र प्रवर्द्धन गर्छ: मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले जनकपुर साहित्य महोत्सवले मिथिला साहित्य, संगीत, र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
छैटौं जनकपुर साहित्य महोत्सवको उद्घाटन सत्रमा बोल्दै, उनले यो महोत्सवले साहित्यिक, सांस्कृतिक, र सामाजिक चेतना फैलाउन योगदान दिने आशा व्यक्त गरे।
मुख्यमन्त्री सिंहले वर्तमान समयमा साहित्य र कलाको निरन्तरता सुनिश्चित गर्नु चुनौतीपूर्ण कार्य रहेको उल्लेख गरे।
जनकपुरधाममा यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको भन्दै उनले सबै सरोकारवालाहरूको सहयोगमा सांस्कृतिक गतिविधिहरू उजागर गर्नुपर्नेमा जोड दिए।