कोसी प्रदेशकै ऐतिहासिक सामाजिक संस्था शिशु सेवा समिति, विराटनगरले आफ्नो ४१औं वार्षिकोत्सव विशेष समारोहका साथ मनाएको छ। यस अवसरमा चार विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई सम्मान प्रदान गरियो।

संस्थापक अध्यक्ष शान्ता पोखरेलको नाममा स्थापना गरिएको उत्कृष्ट राष्ट्रिय आमा सम्मान – मुना बस्नेत (वेल्वासी)  ‘शान्ता राष्ट्रिय बाल उत्कृष्ट पुरस्कार’ श्रीदुला खनाललाई प्रदान गरियो। त्यस्तै, ‘शिशु सेवा समिति पत्रकारिता पुरस्कार’ राजु अधिकारीलाई तथा ‘तीर्थप्रसाद स्मृति रानु संगीत पुरस्कार’ मुना सोरेनलाई प्रदान गरियो।

पुरस्कृत प्रत्येक व्यक्तित्वलाई रु ११,१११ नगद राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो।

समारोहमा प्रमुख अतिथि वरिष्ठ समाजसेवी एवं डा. ममता वर्मा रहनुभएको थियो। संस्थाका अध्यक्ष कविराज न्यौपाने,पुर्व अध्यक्ष मंजु रिजाल , प्रा. डा. भेष प्रसाद धमला लगायतका विशिष्ट व्यक्तिहरूले सम्मान प्रदान गरेका थिए।

चार दशकदेखि समाज सेवामा क्रियाशील शिशु सेवा समितिको योगदान उच्च मूल्यांकन रहेको तथा  समाजलाई असल मार्न हिडाउने एउटा दियोकाे रूपमा कार्य गरिरहेको छ भनेर समितिका अध्यक्ष कविराज न्याैपानेले वताउनु भयो ।

कार्यक्रममा समाजसेवी सुरेश शर्मा, इन्दिरा रिजाल ,कन्लुलाल तवदार लगायतको उपस्थिति रहेको थियो।