पन्ध्रदिने मिथिला परिक्रमा सम्पन्न,भाेली होलीको पर्व मनाउने परम्परा जारी

जनकपुरधाम, १४ मार्च – पन्ध्रदिने पदयात्रा मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न भएको छ। परिक्रमा आज बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सकिएको हो। परिक्रमामा सहभागी भक्तजनहरूले मिथिला क्षेत्रका प्रमुख धार्मिक स्थलहरूको भ्रमण गर्दै धार्मिक अनुष्ठान सम्पन्न गरेका छन्।
परिक्रमाको समापनसँगै भोलि मात्र मिथिलाञ्चल क्षेत्रभरि होली पर्व मनाइनेछ। परम्पराअनुसार, परिक्रमा सम्पन्न भएको भोलिपल्ट मिथिलाञ्चलमा हर्षोल्लासका साथ होली खेलिने परिपाटी रही आएको छ। यस अवसरमा मिथिलावासीहरू रंग र मिठाससँग एकआपसमा खुशी साट्ने परम्परामा जुट्नेछन्।
परिक्रमामा सहभागी क्रमशः फूलहर (गिरिजास्थान) हुँदै महोतरीको मटिहानी, जलेश्वर, मडै धु्रबकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्वर र फागुन पूर्णिमाको दिन जनकपुर फर्केर अन्तगृह परिक्रमा गरेपछि समापन हुने गरेको छ