Oplus_131072

३ चैत, काठमाडौं — तपाईंले दैनिक उपभोग गरिरहनुभएको बोतल वा जारको पानी साँच्चिकै शुद्ध छ त? काठमाडौं विश्वविद्यालयका विज्ञहरूको अध्ययनले भने ठूलो झस्का दिएको छ — नेपालमा व्यावसायिक रुपमा बिक्री हुने अधिकांश बोतल र जारको पानीमा माइक्रोप्लास्टिकको मात्रा उच्च रहेको छ।

यो अध्ययन स्प्रिन्गर नेचरजस्तो अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएको हो, जसले यस समस्याको गम्भीरता झनै उजागर गरिदिएको छ।

सबै पानी दूषित!

नेपालभरका सातै प्रदेशबाट संकलित ५६ वटा पानीका नमूनाहरू परीक्षण गर्दा सबैमा माइक्रोप्लास्टिक भेटियो।

बोतलको पानीमा औसत २३२ माइक्रोप्लास्टिक कण

जारको पानीमा औसत २८६ कण प्रति लिटर

नयाँ जार त झन् ३२१ कण प्रति लिटर! पुनः प्रयोग भएका जारहरू पनि सुरक्षित छैनन् — तीमा औसत २५१ कण प्रति लिटर भेटिए।

तराईमा स्थिति अझै खराब

भौगोलिक हिसाबले हेर्दा:

तराई: २६१ कण

हिमाल: २०९ कण

पहाड: १९६ कण

उच्च तापक्रम र प्लास्टिकको गुणस्तरले तराई क्षेत्रमा प्रदूषण अझै बढाएको अध्ययनको निष्कर्ष छ।

कसरी पुग्छ प्लास्टिक पानीभित्र?

बोतल/जार निर्माणका कच्चा पदार्थ

ढकनी र बोतल खोल्दा हुने घर्षण

वितरण पाइपलाइन

पानी प्रशोधन प्रणाली

प्लास्टिकको भण्डारण प्रक्रिया

दीर्घकालीन असर गम्भीर हुनसक्छ

हाल त तत्कालै असर नदेखिए पनि दीर्घकालीन रूपमा मानव शरीरमा नकारात्मक असर पर्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्। माइक्रोप्लास्टिक कणहरू शरीरभित्र गएर अंगहरूमा संचित हुने सम्भावना छ।

अब के गर्ने?

पानी उत्पादनमा गुणस्तर परीक्षण अनिवार्य गर्नुपर्ने

उत्पादन प्रक्रिया सुधार आवश्यक

उपभोक्तालाई चेतना दिने

कानुनी र नीतिगत सुधार जरुरी 

अनुसन्धानकर्ता विज्ञहरू भन्छन्, “यदि अहिले सुधार नगरियो भने भोलिको पुस्ताले स्वास्थ्यको ठूलो मूल्य चुकाउनु पर्नेछ।”