क्यासिनो व्यवसायमा परिचित रवि शर्मा धितालले अब होटल क्षेत्रमा पनि आफ्नो लगानी विस्तार गरेका छन्।

 नेपालमा तीनवटा क्यासिनो सञ्चालन गरिरहेका धितालले झापाको चर्चित पाँचतारे होटल किंग्सबेरी खरिद गरेका हुन्।

बिर्तामोडस्थित उक्त होटल १ अर्ब ९५ करोड रुपैयाँमा खरिद गरिएको हो। लामो समयदेखि सञ्चालनमा रहेको यस होटलमा धितालको स्वामित्वसँगै होटल क्षेत्रमा उनको प्रवेश पहिलोपटक भएको हो।

धितालले खरिद गरेको यही होटलमा पहिले देखिनै ‘क्यासिनो सेभन हर्स’ सञ्चालन हुँदै आएको थियो। अब भने उनले होटल व्यवस्थापन समेत आफ्नो नियन्त्रणमा लिँदै सम्पूर्ण व्यवसायिक विस्तारको तयारी गरेका छन्।


नेपालमा क्यासिनो उद्योगलाई आक्रामक ढंगले विस्तार गरिरहेका धितालको यो कदमलाई होटल तथा पर्यटन क्षेत्रको लागि पनि ठूलो अवसरको रूपमा हेरिएको