मोरङको बुढीगंगा–१ निवासी समाजसेवी परशुराम कोइराला र शकुन्तला कोइरालाले आफ्ना पितामाता नरनाथ कोइराला र कृष्णा न्यौपाने कोइरालाको स्मृतिमा पाणिनि संस्कृत विद्यालय, विराटनगरलाई रु. १,११,१११ सहयोग गरेका छन्। विद्यालयको अक्षयकोष वृद्धि गर्ने उद्देश्यसहित गरिएको यो योगदानले संस्कृत भाषा र पूर्वीय सभ्यताको संरक्षणमा सशक्त योगदान पुर्‍याएको भन्दै विद्यालय सञ्चालक समितिले विशेष धन्यवाद व्यक्त गरेको छ।

वि.सं. २०५५ सालमा पं. खगेश्वर न्यौपाने तथा विराटनगरका समाजसेवी सुधीजनहरूको पहलमा स्थापित पाणिनि विद्यालयले गुरुकुलीय शिक्षण पद्धति अनुसार आचरण र संस्कारमूलक शिक्षा प्रदान गर्दै आएको छ।

समितिका अध्यक्ष कविराज न्यौपानेका अनुसार विद्यालयले कर्मकाण्डको ज्ञान भएका आर्थिकरूपले कमजोर पारिवारिक पृष्ठभूमिका वटुकहरूलाई निशुल्क आवास, भोजन र वस्त्र सुविधा उपलब्ध गराउँदै आएको छ