आज माेरङकाे वुढीगंगाका स्वास्थ्य शिविर संचालन गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिलाको पाठेघर चेकजाँच निशुल्क स्वास्थ्य शिबिर गरि महिलालाई स्वस्थ्य रहन सचेतना समेत गरिएको दुहबी जेसिज अध्यक्ष सुषमा चाैधरीले वताइन्।

महिलामा हुने स्वास्थ्य समस्याहरू मध्ये वढीलाई पाठेघरकाे समस्या आउने गर्दछ । यस शिविरमा करिव ३०० भन्दा वढीकाे महिलाको उपस्थिति रहेको थियो । करिब १०० लाई चेकजाँच गरिएको थियोे ।

साे शिविरलाई दुहबी जेसिजद्वारा आयोजित साथै सृजनशिल महिला बिकास नेपाल र साना किसान कृषि सहकारी संस्था लिमिटेडद्वारा सह आयोजित बिराट मेडिकल टिचिङ शिक्षण अस्पताल ,दुहबी नगरपालिका र बुढीगङगा गाँउपालिकाको सहयाेग रहेको छ भनेर आयाेजक समितिका तर्फबाट रमिता माझीले जानकारी दिईन्