मनाङको साब्जे तालमा म्याक्सस इटेरोन ९ सार्वजनिक, मूल्य ९९ लाख ९९ हजार
२०८२ जेष्ठ ४, आईतवार २१:१५
विद्युतीय सवारी साधनको बजारमा नयाँ नाम थपिएको छ। म्याक्सस ब्रान्डले आफ्नो नयाँ इलेक्ट्रिक मोडेल इटेरोन ९ (Eternon 9) मनाङको प्रख्यात साब्जे तालको मनोरम परिवेशमा सार्वजनिक गरेको छ।
प्रकृति र प्रविधिको समिश्रणका रूपमा आयोजित यो लोकार्पण कार्यक्रमले नेपालको ईभी बजारमा नयाँ उत्साह थपेको छ। आधुनिक डिजाइन, उच्च प्रविधि र लग्जरी सुविधासहितको इटेरोन ९ को मूल्य ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
निर्माताका अनुसार, गाडीमा विश्वस्तरीय सुरक्षा, आरामदायी यात्रा अनुभव र लामो ब्याट्री रेंज जस्ता सुविधा उपलब्ध छन्।
कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले ‘हरित नेपाल, स्वच्छ ऊर्जा’ नारालाई समर्थन गर्दै वातावरणमैत्री सवारी प्रवर्द्धनमा यो एक ठूलो कदम भएको बताएका छन्।




