श्रावण १४ , अमेरिकी सरकारी अनुसन्धान संस्था DARPA (डिफेन्स एड्भान्स्ड रिसर्च प्रोजेक्ट्स एजेन्सी) ले भविष्यलाई नजिक ल्याउने अद्भुत प्रविधि परीक्षण गरेको छ। 

हालै गरिएको परीक्षणमा ५ माइल (८ किलोमिटर) टाढासम्म १.६ किलोवाट विद्युत् बिना तार पठाउन सफल भएको छ।

यो प्रविधिमा माइक्रोवेभ र बीम-फोकस प्रविधिको प्रयोग गरिएको छ, जसले बिजुलीलाई सीधै हावाबाट गन्तव्यमा पुर्‍याउँछ। विशेषज्ञहरूका अनुसार यो प्रविधि अब सैन्य शिविर, विपद्ग्रस्त क्षेत्र, दुर्गम गाउँ र अन्तरिक्ष जस्ता स्थानमा ऊर्जा आपूर्ति गर्न क्रान्तिकारी समाधान बन्न सक्छ।

DARPA का विज्ञहरू भन्छन्, “यो परीक्षणले अन्तरिक्षमा स्थापित सौर्य प्यानलबाट पृथ्वीमा सीधै ऊर्जा पठाउने सम्भावनालाई अझ वास्तविक बनाएको छ।”

विद्युतीय आपूर्तिको परम्परागत मोडेललाई चुनौती दिने यो आविष्कारले विश्वको ऊर्जा नक्शा परिवर्तन गर्ने संकेत दिइसकेको छ। अब, भविष्यमा तार वा ग्रिडबिना नै सीधै हावाबाट बिजुली आपूर्ति हुने युग सुरु हुने देखिन्छ।