काठमाडौं मंसिर २ मंगलबार ,वन संरक्षणको प्रभावकारी कामका कारण नेपालले विश्व बैंकबाट करिब १ अर्ब ३२ करोड रुपैयाँ (९४ लाख अमेरिकी डलर) प्राप्त गरेको छ। कार्बन उत्सर्जन घटाएको प्रमाणित उपलब्धिका रूपमा प्राप्त यो राशि ‘नेपाल उत्सर्जन नियन्त्रण कार्यक्रम’ अन्तर्गतको पहिलो भुक्तानी हो।

यो कार्यक्रमको कुल मूल्य करिब ६ अर्ब ३४ करोड रुपैयाँ (४ करोड ५० लाख डलर) रहेको छ। सन् २०२१ देखि तराई क्षेत्रमा लागू गरिएको योजनामा नेपालले करिब १८ लाख ८८ हजार टन कार्बन उत्सर्जन घटाउन सफल भएको विश्व बैंकले पुष्टि गरेको छ।

विश्व बैंकले भुक्तानी घोषणासँगै नेपालले

वन विनाश नियन्त्रण,वन शासन सुदृढीकरण,

जैविक विविधता संरक्षण, र वनमा आश्रित समुदायहरूको जीवनस्तर सुधारमा देखाएको प्रगतिलाई प्रशंसा गरेको छ।

नेपालका वनहरूले फेरि एकपटक विश्वको ध्यान तानेका छन्।
तराईका हरियाली घना जंगलमा कार्बन सम्हाल्दै— नेपालले संसारलाई देखाएको दिगोपनको पाठ आज प्रतिफल बन्न पुगेको छ।

अब भने चुनौती अर्को छ
यो सफलता निरन्तरता पाउने कि फेरि काठ तस्करी, अनियन्त्रित दोहन र शासनको कमजोरीले हरियालीमा दाग ल्याउने? समयले यसको जवाफ दिनेछ।