बारा सिमरा मंसिर ३ बुधबार ,बाराको सिमरा विमानस्थल क्षेत्र आज दिउँसो तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।
कर्फ्यू दिउँसो १२:३० देखि बेलुका ८ बजेसम्म लागू हुने जनाइएको छ।

एमाले नेता महेश बस्नेत सिमरा आउने जानकारी बाहिरिएपछि जेनजी युवाहरूले आयोजना गरेको विरोध प्रदर्शन बढ्दै गएर अवस्था संवेदनशील बनेको हो। भीड नियन्त्रण गर्न कठिन भइरहेको भन्दै प्रशासनले कर्फ्यू लगाउन बाध्य भएको बताइएको छ।

सुरक्षा निकाय उच्च सतर्कतामा छन् र विमानस्थल आसपासको आवतजावत पूर्ण रूपमा रोकिएको छ।

प्रदर्शनकर्ताले आन्दोलनलाई वढाइ रहेका छन् स्थिति तनावग्रस्त रहेकाे जानकारी पाएका छाैं