मधेस प्रदेशमा ठूलो राजनीतिक झड्का : सभामुख मण्डल पदमुक्त
२०८२ मंसिर ३, बुधबार २०:५९
जनकपुर मंसिर ३ बुधबार ,मधेस प्रदेश राजनीतिमा आज नाटकीय मोड आएको छ।
सभामुख रामचन्द्र मण्डलले अब आफ्नो कुर्सी गुमाइसकेका छन्।
प्रदेशसभामा भएको मतदानमा उपस्थित ७८ मध्ये ७६ जना सांसदले मण्डलविरुद्धको प्रस्तावको पक्षमा हात उठाए।
विपक्षमा एक मत पनि परेन।
उपसभामुख बबिता राउत ईशरले कांग्रेस प्रमुख सचेतक कुमारकान्त झाले पेश गरेको ‘पदअनुसार आचरण नगरेको’ प्रस्तावलाई दुई–तिहाइ बहुमतले पारित भएको घोषणा गरिन्।
यससँगै मण्डल स्वतः पदमुक्त घोषित भएका छन्।
उनीविरुद्धको प्रस्ताव कात्तिक २७ गते दर्ता गरिएको थियो।




