प्रतिनिधिसभा विघटनपछि ८ लाख ३७ हजार नयाँ मतदाता थपिए
२०८२ मंसिर ६, शनिबार १०:४०
काठमाडौं, मंसिर ६ शनिबार , प्रतिनिधि सभा विघटनपछि आगामी निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक प्रक्रियामा तीव्रता आएको छ। निर्वाचन आयोगका अनुसार असोज ९ देखि मंसिर ५ सम्म खुला गरिएको नामावली संकलनमा ८ लाख ३७ हजार ९४ नयाँ मतदाता दर्ता भएका छन्।
आयोगले प्रकाशित गरेको तथ्यांकअनुसार नयाँ दर्तामध्ये
पुरुष: ४,७३,३४५ ,महिला: ३,६३,७७८, अन्य: ६१
थपिएका मतदातामध्ये ३,४४,९१४ जना आयोगको नियमित प्रकृयामार्फत र ४,९२,१८० जना राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक प्रणालीमार्फत दर्ता भएका छन्।
यसअघि १६ कात्तिकसम्म कुल मतदाता संख्या १ करोड ८१ लाख ६८ हजार २३० रहेकोमा नयाँ दर्तासँगै आगामी चुनावमा सहभागी हुने मतदाताको संख्या उल्लेखनीय रूपमा बढेको आयोगले जनाएको छ।




