तीन डीआईजीको सरुवा, कोशी प्रदेशमा घिमिरे जिम्मेवारी
२०८२ मंसिर ८, सोमबार २०:०२
काठमाडौं, मंसिर ८ साेमवार, गृह मन्त्रालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले तीनजना डीआईजी को सरुवा गरेको छ।
सोमबार सार्वजनिक गरिएको सूचनामार्फत सरुवा निर्णयको पुष्टि गरिएको हो।
सरुवा सूचीअनुसार प्रशासन विभागमा कार्यरत डीआईजी विनोद घिमिरेलाई कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। कोशीका तत्कालीन प्रमुख डीआईजी ईश्वर कार्की एआईजीमा बढुवा भएपछि प्रदेश प्रमुखको स्थान केही दिनदेखि रिक्त थियो।
त्यसैगरी, अपराध अनुसन्धान विभागअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत डीआईजी दिलिप सिंह देउवालाई प्रदेश समन्वय विभागमा पठाइएको छ।
गृह मन्त्रालयले बाँकी एक डीआईजीको सरुवासमेत समायोजन गरिएको जानकारी दिए पनि थप विवरण सार्वजनिक गरेको छैन।




