सर्वोच्च आगजनी प्रकरण : ल क्याम्पसका पूर्व स्ववियू सभापति विष्णु ढुंगेल पक्राउ
२०८२ मंसिर १०, बुधबार १९:०२
काठमाडौं मंसिर १० बुधवार, जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बिहीबार बिहान काठमाडौंमै नियन्त्रणमा लिएको हो।
सर्वोच्च परिसरमा भएको आगजनी प्रकरणमा यस अघि पाँच जना पक्राउ परेका थिए। ढुंगेल पक्राउपछिको संख्याले अब यो संख्या ६ पुगेको छ।
प्रहरीका अनुसार ढुंगेल पूर्व माओवादी पार्टीसँग आबद्ध रहेका थिए र आगजनीको क्रममा उनी घटनास्थलमै देखिएको भिडियो–फुटेजका आधारमा पहिचान गरिएको बताइएको छ।
यस घटनालाई लिएर अपराध अनुसन्धान कार्यालय र काठमाडौं जिल्ला प्रहरी परिसरले संयुक्त अपरेशन सञ्चालन गरिरहेका छन्। सर्वोच्च अदालतमा भएको आगजनीलाई “राज्यको गम्भीर सुरक्षा चुनौती” का रुपमा लिइएको र संलग्न सबैलाई कानुनी दायरामा ल्याउने तयारी गरिएको प्रहरीले बताएको छ।




