काठमाडौं मंसिर १० बुधबार ,प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय तथा विज्ञ समूह पुनर्संरचना गर्दै यसको आकार झन् सीमित बनाउने निर्णय गरेकी छन्।

जेनजी समूहले माग गर्दै आएको संरचनागत कटौतीलाई ध्यानमा राख्दै प्रधानमन्त्रीले अहिले २० सदस्य रहेको सचिवालयलाई घटाएर ६ सदस्यमा मात्र सीमित गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार अब प्रधानमन्त्रीको सचिवालयमा रहने पदहरू यसप्रकार छन् मुख्य सल्लाहकार,जनसम्पर्क सल्लाहकार ,प्रमुख स्वकीय सचिव ,प्रेस संयोजक, फोटोग्राफर,जनस्वास्थ्य विज्ञ

यी ६ पदबाहेकका सबै नियुक्ति मंसिर ११ गतेदेखि खारेज हुनेछन्।
सरकारले यो कदमलाई कार्यदक्षता वृद्धि र खर्च व्यवस्थापनका लागि आवश्यक भएको प्रतिक्रिया दिएको छ।