काठमाडौ मंसिर १४ आइतबार ,प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभरका मतदानस्थलहरूको पुनरावलोकन गरेको छ।

आयोगका अनुसार मतदाताको पहुँच सहज बनाउन १६८ नयाँ मतदानस्थल थपिएका छन् भने ९३ जीर्ण, असुविधाजनक वा प्रयोगमा नभएका मतदानस्थल हटाइएका छन्।

यस समायोजनपछि देशभरका मतदानस्थलको संख्या १० हजार ८९२ बाट बढेर १० हजार ९६७ पुगेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका छन्।


पुनरावलोकनका क्रममा मतदानस्थलको नाम र ठेगाना सुधार, स्थानान्तरण, तथा मतदाताको सुविधाअनुसार अर्को नजिकको स्थलमा समायोजन गर्ने काम पनि गरिएको आयोगले जनाएको छ।