२४ घण्टाभित्र विश्वासको मत लिन मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको निर्देशन
२०८२ मंसिर १५, सोमबार २१:४१
काठमाडौं, मंसिर १५, सोमबार ,मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले तत्कालै विश्वासको मत लिनुपर्ने भएको छ। उनको नियुक्ति संविधानविरुद्ध भएको दाबी गर्दै ७३ जना सांसदले दायर गरेको रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मतको प्रक्रिया सुरु गर्न आदेश दिएको हो।
सर्वोच्चको आदेशअनुसार मुख्यमन्त्री यादवले प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नैपर्नेछ।
मत प्राप्त भए उनी आफ्नो पदमा निरन्तर रहनेछन्।
मत नआए प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्नेछ।अदालतले प्रदेश प्रमुखलाई पनि संविधानको धारा १६८(२) अनुसार संयुक्त सरकार गठनको प्रक्रिया अघि बढाउन तयारी अवस्थामा बस्न निर्देशन दिएको छ।




