काठमाडौं, मंसिर १५ साेमवार, मन्त्रिपरिषद्ले जेन–जी आन्दोलनमा जीवन गुमाएका नागरिकप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष भदौ २३ लाई ‘जेन–जी शहीद दिवस’का रूपमा मनाइने घोषणा गरेको छ।

 सोमबार सिंहदरबारमा बसेको क्याबिनेट बैठकको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा सञ्चार–सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त दिवस वार्षिक रूपमा सरकारी स्तरमै मनाइने बताए।

सरकारले शहीदका परिवारलाई सहज पहिचान र सुविधा उपलब्ध गराउने उद्देश्यले आमा–बुबा, श्रीमान–श्रीमती तथा अविवाहित छोरी–छोरालाई फोटोसहितको परिचयपत्र गृह मन्त्रालयमार्फत वितरण गर्ने निर्णय पनि गरेको छ।