कांग्रेसको निर्वाचन समिति पूर्ण : अधिकारी र कटुवाल सदस्यमा
२०८२ मंसिर २१, आईतवार १७:२४
काठमाडौं, मंसिर २१ आइतबार ,नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अब पूर्णता पाएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अधिवक्ता राजेश्वर अधिकारी र अधिवक्ता राजु कटुवाललाई समिति सदस्यमा नियुक्त गर्दै रिक्त स्थान भरेका हुन्।
नेपाली कांग्रेस विधानअनुसार एक संयोजकसहित पाँच सदस्यीय समितिको व्यवस्था छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर १५ गतेको केन्द्रीय समितिको निर्णयलाई आधार बनाएर नियुक्ति गरिएको हो।
समितिको संयोजकमा पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता खम्बबहादुर खाती पहलेदेखि नै रहेका छन्। नयाँ सदस्य मनोनयनसँगै आगामी आन्तरिक निर्वाचन तयारी औपचारिक रूपमै अघि बढ्ने अपेक्षा गरिएको छ।




