अब फागुन २० भित्र १८ वर्ष पुगेका युवा–युवतीले पनि मतदान गर्न पाउने
२०८२ मंसिर २२, सोमबार १७:३२
काठमाडौं, मंसिर २२ सोमबार निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता आयु सीमा फागुन २० सम्म १८ वर्ष पूरा हुने मिति नै मानिने निर्णय गरेको छ।
यस निर्णयसँगै फागुन २० भित्र १८ वर्ष पुग्ने नेपाली नागरिकहरू पनि मतदाता सूचीमा सूचीकृत भई भोट हाल्न योग्य हुने आयोगले स्पष्ट गरेको छ।
आयोगले देशभर संकलित मतदाता नामावली सोही आधारमा अद्यावधिक गर्ने तयारी अघि बढाएको छ।
नयाँ युवापुस्तालाई पहिलो मतदान अधिकार
यो व्यवस्थाले पहिलोपटक भोट हाल्न तयार नयाँ मतदाता युवाहरूको संख्या थपिने अपेक्षा गरिएको छ।




