अन्तरिम मन्त्रिपरिषद् विस्तार : चार नयाँ मन्त्री आजै शपथ
२०८२ मंसिर २६, शुक्रबार ११:५२
काठमाडौं, मंसिर २६ शुक्रबार – सरकारको अन्तरिम मन्त्रिपरिषद्मा चार नयाँ मन्त्री थपिने भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले नयाँ मन्त्रीहरूको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्।
नयाँ मन्त्रीहरू : कुमार इङनाम – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजेन्द्रसिंह भण्डारी – श्रम तथा रोजगार, माधव चौलागाईं – वन तथा वातावरण ,श्रद्धा श्रेष्ठ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
राष्ट्रपतिको कार्यालयका अनुसार प्रस्तावित मन्त्रीहरूको नाम दर्ता भइसकेको छ।
शपथग्रहण आज दिउँसो ३ बजे राष्ट्रपति भवनमा हुने तय गरिएको छ।
सरकार विस्तारसँगै अन्तरिम मन्त्रिपरिषद्को संरचना अझै बलियो हुने अपेक्षा गरिएको छ।




