धरान जेसीज २०२६ का अध्यक्ष सागर प्रसाईं निर्विरोध चयन
२०८२ मंसिर २९, सोमबार १२:२८
धरान, मंसिर २९ आइतबार , धरान जेसीज वर्ष २०२६ का लागि अध्यक्ष पदमा सागर प्रसाईं निर्विरोध चयन भएका छन्।
उनले अग्रजहरूको विश्वास, साथ र मार्गदर्शनले जिम्मेवारीलाई अझ ठूलो प्रेरणा र उत्तरदायित्वका साथ बहन गर्न ऊर्जा दिएको उल्लेख गर्दै सबैसँग मिलेर धरान जेसीजलाई अझ सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रसाईंले युवाहरूलाइ समाजमा जाेड्दै युवा उद्यमशिलता गरि समुन्नतिकाे मार्ग काेर्ने पनि लक्ष्य लिएका छन् ।




