काठमाडौं, पुस १ मंगलबार  — अमेरिकी डलर नेपाली रुपैयाँसँग हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य नयाँ रेकर्डमा पुगेको हो।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ८८ पैसाबिक्रीदर १४५ रुपैयाँ ४८ पैसा कायम गरिएको छ। डलरको मूल्य निरन्तर बढ्दै जानु आयातमुखी अर्थतन्त्रमा थप दबाबको संकेतका रूपमा हेरिएको छ।

अन्य विदेशी मुद्रातर्फ युरोपियन युरो १ को खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा कायम गरिएको छ। यस्तै, बेलायती पाउन्ड स्ट्रलिङ १ को खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा तोकिएको छ।

स्विस फ्रयांक १ को खरिददर १८२ रुपैयाँ र बिक्रीदर १८२ रुपैयाँ ७५ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ९६ रुपैयाँ २९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६९ पैसा रहेको छ।

 क्यानेडियन डलर १ को खरिददर १०५ रुपैयाँ २० पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा कायम भएको छ।

एसियाली मुद्रातर्फ जापानी येन १० को खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन १ को खरिददर २० रुपैयाँ ५६ पैसा र बिक्रीदर २० रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

खाडी मुलुकका मुद्रामा साउदी रियाल १ को खरिददर ३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७७ पैसा, कतारी रियाल १ को खरिददर ३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले यी विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ।