२५ हजारसम्म २०० र ५०० दरका भारु बोक्न पाइने
२०८२ पुष १, मंगलवार ०९:०४
काठमाडौं । अब नेपाल–भारत आवतजावत गर्ने सर्वसाधारणका लागि राहतको खबर आएको छ। सरकारले भारु २०० र ५०० दरका नोट नेपालमा बोक्न र चलाउन अनुमति दिएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार सन् २०१६ नोभेम्बरपछि निष्कासन भएका २०० र ५०० दरका भारतीय नोट नेपाल ल्याउन तथा भारत लैजान खुला गरिएको हो।
🔹 दुवै देशका नागरिकले प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म बोक्न तथा ओसार–पसार गर्न पाउनेछन्।
🔹 यसअघि भने भारु १०० दरका नोट मात्रै बोक्न पाइने व्यवस्था थियो।
यस निर्णयले सीमावर्ती क्षेत्रका व्यापारी, यात्रु तथा सर्वसाधारणलाई नगद कारोबारमा सहजता ल्याउने अपेक्षा गरिएको छ।




