डा शेखरले भेटे देउवालाई
२०८२ पुष १, मंगलवार १४:५८
काठमाडौँ पुस १ मंगलबार , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा. शेखर कोइरालाले भेटवार्ता गर्नुभएको छ। सभापति देउवाको निवासमा आज भएको भेटमा पार्टीको १५औँ महाधिवेशनसँग सम्बन्धित विविध विषयमा छलफल भएको छ।
डा. कोइरालाले भेटका क्रममा क्रियाशील सदस्यता वितरण प्रक्रियामा देखिएका समस्या प्रमुख रूपमा उठाइएको थियो। कोइरालाले नम्बर विनाका फाराम जिल्ला–जिल्लामा पठाइएकाले यसले पार्टीभित्र जटिलता र अन्योल सिर्जना गरेको भन्दै गम्भीर आपत्ति जनाउनुभयो। उहाँले ती फाराम तत्काल फिर्ता गरी व्यवस्थित रूपमा नयाँ फाराम पठाउन सभापति देउवाको ध्यानाकर्षण गराउनुभयो।
त्यसैगरी, पार्टीभित्र कारबाहीमा परेका नेताहरूको कारबाही फुकुवा गरी आगामी महाधिवेशन तथा आम निर्वाचनमा सक्रिय रूपमा परिचालन गर्नुपर्ने माग पनि कोइरालाले राख्नुभएको छ।
भेटमा डा. कोइरालासँगै पार्टीका नेता तथा पूर्वमन्त्री डा. मीनेन्द्र रिजाल पनि सहभागी थिए ।




