एमाले महाधिवेशन: आज ८ बजेदेखि मतदान
२०८२ पुष २, बुधबार ०७:४६
काठमाडौं पुस २ बुधबार , नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदैछ। प्राविधिक तयारी नपुगेका कारण मंगलबार साँझका लागि तय मतदान अन्तिम समयमा स्थगित गरिएको थियो।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिहरूलाई भृकुटीमण्डपमा उपस्थित हुन आग्रह गरिएको छ। मतदान विद्युतीय प्रणालीमार्फत ‘राम–लक्ष्मण’ भोटिङ मेसिन प्रयोग गरी हुनेछ।
अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ। १९ पदाधिकारी पदमा ४२ उम्मेदवार मैदानमा छन् भने समग्रमा ३०० भन्दा बढी उम्मेदवारले चुनाव लडिरहेका छन्।




