केपी शर्मा ओलीले नेकपा एमालेमा वर्चस्व
२०८२ पुष ३, बिहीबार १३:१९
काठमाडौं पुस ३ बिहीबार , नेकपा एमालेको नेतृत्वमा केपी शर्मा ओलीले फेरि पनि आफ्नो वर्चस्व कायम राख्नुभएको छ। बुधबार सम्पन्न निर्वाचनबाट ओली लगातार तेस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित हुनुभएको हो।
यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि अध्यक्ष बनेका ओलीले यसपटक १,६६३ मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मतमा सीमित रहनुभयो।
निर्वाचन आयोगका अनुसार मतगणनाको औपचारिक घोषणा हुन बाँकी रहे पनि परिणामले ओलीको पुनरागमन लगभग सुनिश्चित गरिसकेको छ।




