काठमाडौँ पुस ४ शुक्रबार , नेकपा एमालेको ११औँ महाधिवेशनमा भगवती चौधरीले खुला महिला तर्फ सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा विजयी भएकी छिन्। सुनसरीकी चौधरीले यस पटक २,०४४ मत प्राप्त गरी सबै उमेदवारभन्दा अगाडि रहेकी हुन्।

गत प्रतिनिधि सभा निर्वाचनमा उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गरेकी चौधरीले यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रूपमा पनि काम गरिसकेकी छिन्।

यसैबीच, महाधिवेशनमा मधेशी महिलातर्फ प्रतिक्षा तिवारीले २,१२० मत ल्याइन् भने ज्वाला कुमारी साहले २,०४४ मत र बागमती महिला तर्फ निरु दर्लामीले २,००५ मत हासिल गरिन्।