कांग्रेस महाधिवेशनमा सहमहामन्त्री पदमा सुनिल शर्मा न्यौपानेको उम्मेदवारी घोषणा
२०८२ पुष ४, शुक्रबार १९:११
काठमाडौं विराटपाटी पुस ४ शुक्रबार , जेनजी आन्दोलनपछि देश नयाँ राजनीतिक मोडमा प्रवेश गरेको छ। बदलिँदो राजनीतिक परिवेशमा अब नेतृत्व परिवर्तन अपरिहार्य बनेको विश्लेषकहरूको भनाइ छ।
यसै सन्दर्भमा नेपाली कांग्रेसको आगामी महाधिवेशनलाई लक्षित गर्दै पार्टी नेता सुनिल शर्मा न्यौपानेले सहमहामन्त्री नभए महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
न्यौपानेले लामो समयदेखि पार्टीमा सक्रिय रही काम गर्दै आएको अनुभव रहेको उल्लेख गर्दै स्वच्छ छवि भएका, समर्पित र पार्टी संगठन बुझेका नेतृत्वलाई सभापतिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पार्टीभित्र नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने समय आएको बताउँदै उनले नेतृत्व नवीकरणले मात्र कांग्रेसलाई जनअपेक्षाअनुसार अघि बढाउन सक्ने धारणा राखे। उनका अनुसार पुराना र अनुभवी नेताहरूको सम्मान गर्दै नयाँ पुस्तालाई उचित स्थान दिन सके पार्टी अझ सशक्त बन्नेछ।
नयाँ नेतृत्वलाई राजनीतिक स्पेस नदिँदा लोकतन्त्र कमजोर हुने जोखिम रहेको भन्दै उनले परिवर्तनलाई अब टार्न नसकिने आवश्यकता भएको बताए।




