सर्वसम्मत समर्थनसहित मुख्यमन्त्री यादवले पाए विश्वासको मत
२०८२ पुष ४, शुक्रबार २०:१५
जनकपुरधाम पुस ४ शुक्रबार , मधेश प्रदेशको राजनीतिमा आज एकता देखियो। मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट सर्वसम्मत विश्वासको मत प्राप्त गर्नुभएको छ।
आज बसेको प्रदेशसभा बैठकमा उपस्थित १० वटै दलका ९२ जना सांसदले यादवको पक्षमा मतदान गरे। सत्तारूढ दलहरू मात्र होइन, प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित सबै दलले उनलाई समर्थन जनाएपछि सदन एकमत देखिएको हो।
यससँगै मुख्यमन्त्री यादवको नेतृत्वलाई प्रदेशसभाको पूर्ण भरोसा प्राप्त भएको सन्देश गएको छ।




