काठमाडौं पुस ५ शनिबार , नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वाम एकताको सन्देश दिने उद्देश्यसहित आज राजधानीमा शक्ति प्रदर्शन गरेको छ। ५ पुस २०८२ शनिबार, काठमाडौंको भृकुटीमण्डप केन्द्रित एकता सन्देश सभा तथा र्‍याली औपचारिक रूपमा सुरु भएको हो।

सुन्धारा, शान्तिबाटिका लगायतका विभिन्न स्थानबाट निस्किएका र्‍यालीहरू भृकुटीमण्डपमा भेला भइरहेका छन्। बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय समिति तथा विशेष प्रदेश कमिटीको संयुक्त आयोजनामा सभा सम्पन्न हुँदैछ।

र्‍याली भृकुटीमण्डप पुगेपछि आयोजित सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

वामपन्थी शक्तिहरूबीच एकता, सहकार्य र राजनीतिक स्थायित्वको सन्देश प्रवाह गर्ने लक्ष्यका साथ यो सभा आयोजना गरिएको आयोजकहरूले बताएका छन्।