काठमाडौँ, पुस ५ शनिबार ,काठमाडौँ अवतरणसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेन–जी आन्दोलनका शहीद परिवार भेट्न बबरमहल पुगे।

जेन–जी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालयमा भएको भेटमा उनले शहीद परिवारको दुःख, पीडा र अपेक्षा नजिकबाट सुने। भेटकै क्रममा लामिछाने भावुक देखिएका थिए।

उनले शहीद परिवारप्रति न्याय, सम्मान र राज्यको जिम्मेवारी गम्भीर विषय भएको उल्लेख गर्दै आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

यो भेटलाई जेन–जी आन्दोलनप्रति ऐक्यबद्धता र सम्मानको सन्देशका रूपमा हेरिएको छ।