काठमाडौं  पुस ६, आइतबार,प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आइतबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ।

 प्रधानमन्त्रीको सरकारी निवासमा सम्पन्न भेटमा देशको समसामयिक राजनीतिक अवस्था र वर्तमान परिस्थितिबारे छलफल भएको बताइएको छ।

भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका उपसभापति डा. स्वर्णीम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटी पनि सहभागी थिए।

उच्चस्तरीय राजनीतिक संवादलाई अर्थपूर्ण रूपमा हेरिएको भए पनि छलफलका ठोस विषयवस्तु भने सार्वजनिक गरिएको छैन।