ओली–देउवाको पछिल्लो सक्रियताले भेट
२०८२ पुष ७, सोमबार २१:२९
काठमाडौ पुस ७ गते ,ओली–देउवाको पछिल्लो सक्रियता निर्वाचनभन्दा बढी सत्ता पुनःप्राप्ति केन्द्रित देखिन्छ।
एमाले अध्यक्ष केपी शर्मा ओली कानुनी दबाब बढ्दै जाँदा सडकको भाषा प्रयोग गर्न थालेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवा संसद् पुनर्स्थापनामार्फत गुमेको राजनीतिक हैसियत फर्काउने दाउमा छन्।
सरकारविरुद्ध बढ्दो प्रदर्शन, अस्थिरताको संकेत र अदालती चलखेलले चुनाव सार्ने वातावरण बनाउने प्रयास भइरहेको आकलन गरिएको छ। सत्ता स्वार्थको यो खेलले मुलुकलाई फेरि अनिश्चितताको मोडमा धकेल्ने खतरा बढाएको छ।




