तीन दलका नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको उच्चस्तरीय बैठक
२०८२ पुष ८, मंगलवार २१:०५
काठमाडौं, ८ पुस — राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसँग देशका तीन ठूला दलका शीर्ष नेताबीच लामो छलफल भएको छ।
शीतलनिवासमा मंगलबार दिउँसो भएको बैठक करिब साढे दुई घण्टा चलेको राष्ट्रपति कार्यालयले जनाएको छ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए।
दिउँसो साढे ३ बजे सुरु भएको छलफल साँझतिर सकिएको हो।
छलफलको एजेन्डा र निष्कर्षबारे भने औपचारिक रूपमा केही खुलाइएको छैन ।




