पूर्व उप–प्रधानमन्त्री बद्री प्रसाद मण्डलको निधन, अन्त्येष्टि विराटनगरमा हुने
२०८२ पुष ९, बुधबार ०९:३२
विराटनगर विराटपाटी पुस ९ , देशको कार्यकारी नेतृत्वमा विभिन्न कालखण्डमा दर्जनौं पटक मन्त्री तथा उप–प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका वरिष्ठ राजनीतिज्ञ बद्री प्रसाद मण्डलको हिजो निधन भयाे । उहाँको निधनप्रति राजनीतिक क्षेत्र, शुभेच्छुक तथा सर्वसाधारणले गहिरो दुःख व्यक्त गरेका छन्।
पारिवारिक स्रोतका अनुसार मण्डलको अन्त्येष्टि विराटनगरमा गरिने छ। अन्त्येष्टिको समय र विधि पारिवारिक छलफलपछि तय गरिने बताइएको छ।
स्वर्गीय मण्डल नेपालको राजनीतिमा अनुभवी, स्पष्ट वक्ता र निर्णयक्षम नेताका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले विभिन्न सरकारमा रहेर उप–प्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयहरूको जिम्मेवारी सम्हाल्दै राज्य सञ्चालनमा योगदान पुर्याउनुभएको थियो।
उहाँको निधनले नेपाली राजनीतिले एक अनुभवी र प्रभावशाली नेता गुमाएको छ।




