काठमाडौ पुस १० ,काठमाडौंको राजनीतिक वृत्तमा बिहीबार बिहान एउटा अर्थपूर्ण भेट भयो। काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र नेपाली काँग्रेसका नेता  सुनील शर्माबीच भएको भेटलाई सामान्य शिष्टाचारभन्दा गहिरो राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

कुपण्डोलस्थित मेयर बालेन समूहका सहयोगी कुमार बेनको निवासमा भएको छलफलमा देशको वर्तमान राजनीतिक अवस्था र प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावनाबारे गम्भीर संवाद भएको बताइएको छ।

 डा. शर्माले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै राष्ट्रिय सहमतिको सरकारमार्फत देशलाई दीर्घकालीन निकासतर्फ लैजानुपर्ने प्रस्ताव अघि सारेका छन्।

स्थानीय सरकारका एक प्रभावशाली पात्र र राष्ट्रिय राजनीतिमा सक्रिय नेताबीच भएको यो भेटले आगामी दिनमा नयाँ राजनीतिक समीकरणको संकेत गरेको छ।