काठमाडौं पुस ११ शुक्रबार , प्रधानमन्त्री सुशीला कार्कीले देश संकटको अवस्थामा पनि सुधार नगर्ने प्रवृत्तिप्रति कडा चेतावनी दिएकी छन्। उनले भन्नुभयो, “देशै तहसनहस हुँदा पनि नचेत्ने प्रवृत्ति अनौठो छ। पुरानो सोच, पुरानो तरिका र पुरानै व्याख्याले अब चल्नेवाला छैन। हामी सुध्रिन र सच्चिन जरुरी छ।”

प्रधानमन्त्री कार्कीले नागरिक बचाउ दल, नेपालको प्रतिनिधि भेटघाटमा राष्ट्रिय हितका सवालमा सबै शक्ति एक ठाउँमा उभिनुपर्ने आवश्यकतालाई औँल्याइन्। उनले स्पष्ट पारिन् कि फरक विचार हुनु लोकतन्त्रको सुन्दर पक्ष हो, तर राष्ट्रिय हित र निर्वाचन जस्ता महत्वपूर्ण विषयमा एकताको अभावले देशलाई झन् ठूलो जोखिममा पार्न सक्छ।

निर्वाचनलाई सफल बनाउन सरकारले सम्पूर्ण तयारी पूरा गरिसकेको र सुरक्षा व्यवस्था कुनै शंका रहित भएको उनको दावी छ। प्रधानमन्त्री कार्कीले उल्लेख गरिन्, “हतियार र कैदी धेरै हदसम्म फिर्ता भइसकेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराइसकिएको छ। ठूलो प्राकृतिक विपत्ति नआए फागुन २१ गतेको चुनाव कुनै हालतमा सर्दैन।”

उनले चेतावनी स्वरूप थपिन, “बाहिरका तत्वलाई दोष दिने गरिन्छ, तर ती तत्वलाई खेल्ने ठाउँ कसले बनायो भन्नेबारे आत्मसमीक्षा गर्न चाहिँ हामी चुक्छौँ।”

प्रधानमन्त्री कार्कीले पुरानो र नयाँ विचारबीचको द्वन्द्वलाई परिवारिक वातावरणमै समाधान गर्नुपर्नेमा जोड दिँदै, देशभित्र सबै शक्ति संयमित भएर अघि बढ्नुपर्ने बताए।

भेटका क्रममा नागरिक बचाउ दल, नेपालका अध्यक्ष माधव कल्पितले प्रधानमन्त्रीलाई पाँच सूत्रीय ज्ञापनपत्र बुझाएका छन्।