रवि–बालेन लक्षित मनिषा कोइरालाको तिखो टिप्पणी
२०८२ पुष १३, आईतवार १०:१३
काठमाडौं पुस १३ आइतबार , अभिनेत्री मनिषा कोइरालाले विकल्प अनुहारमा नभई विचार र मूल्यमा हुनुपर्ने धारणा व्यक्त गरेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच सात बुँदे सहमति भएपछि उनले यस्तो प्रतिक्रिया जनाएकी हुन्।
सहमतिपछि सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै कोइरालाले सोच र कार्यशैली पुरानै रहँदा विकल्प पनि पुनर्चक्रित जस्तै देखिने उल्लेख गरेकी छन्।
उनले लेखेकी छन्, “जब सोच र तरिका पुरानै रहन्छन्, तब विकल्पहरू पनि पुनर्चक्रित जस्ता लाग्छन्। विकल्प अनुहारमा होइन, दृष्टि र मूल्यमा हो।”
उनको यो टिप्पणीलाई रवि–बालेन सहमतिप्रति लक्षित तिखो प्रतिक्रियाका रूपमा हेरिएको छ।





